ओलीले च्यातेर फाल्ने भनेको विधेयक आज पेश हुँदै, द्वन्द्वपीडित पनि विरोधमा
काठमाडौं । सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित बिधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने भएको छ ।
सरकारले प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पेश गर्दैछ । संक्रमणकालीन न्याय निरुपण गर्नका लागि कानून मन्त्री गोविन्द बन्दीले आफ्नो कार्यकाल रहदै यसलाई सबैको सहमतिमा टुंगोमा पुर्याउने बताएका थिए ।
संसद सदस्य नभएका कारण बन्दीको ६ महिने कार्यकाल एक महिनामै सकिदैछ । आजै प्रस्तुत हुन लागेको बिधेयक एमाले र द्धन्द्ध पीडितलाई स्वीकार्य नभएको भन्दै प्रमुख विपक्षी नेता केपी शर्मा ओलीले त्यस्ता विधेयक च्यातेर फाल्ने चेतावनी दिएका छन् ।
उनले केही व्यक्तिलाई उन्मुक्ति दिने र केही व्यक्ति हिरो बन्ने खेलमा पीडितलाई अन्याय गर्न लागिएको तथा कसैसँग सल्लाह नभएको भन्दै विधेयक अघि बढाए एमालेबाट अवरोध हुने संकेत गरेका छन् । विधेयकमाथि द्वन्द्वपीडित सेना प्रहरीका परिवार तथा अन्य सरोकारवालाले पनि विरोध जनाएका छन् । उनीहरु निरन्तर आन्दोलनमा छन् ।