महानगरसमक्ष फुटपाथ व्यवसायीले राखे तीन बुँदे माग – Nepal Press

महानगरसमक्ष फुटपाथ व्यवसायीले राखे तीन बुँदे माग

काठमाडौं । फुटपाथ व्यवसायीहरू सहज रूपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय पुगेका छन् ।

आफूहरूले गर्दै आएको व्यवसायको अभिलेखीकरण गर्नुपर्ने, मापदण्ड बनाएर राज्यले व्यवस्थापन गर्नुपर्ने मागसहित उनीहरूले महानगरलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

महानगरपालिकाले फुटपाथ व्यवसायीहरूलाई उठाउन थालेपछि उनीहरू संगठित बन्न थालेका हुन् ।

स्वास्थ्य राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति गठन नै गरेर व्यवसायीहरू महानगर पुगेका हुन् ।

यस्ता छन् उनीहरूले राखेका तीन बुँदे माग

  1. सडक किनारामा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरूको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने
  2. स्वरोजगार श्रमिकहरूलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गर्नुपर्छ । बिना विकल्प विस्थापित गर्न पाइँदैन
  3. राज्य प्रशासनबाट भइरहेको अमानवीय गतिविधिहरू बन्द गरी स्वरोजगार श्रमिकहरू र राज्यकाबीचमा भयका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *