१४ वर्षीय किशाेरीमाथि सामूहिक बलात्कार गर्ने अभियुक्त १८ वर्षपछि पक्राउ – Nepal Press

१४ वर्षीय किशाेरीमाथि सामूहिक बलात्कार गर्ने अभियुक्त १८ वर्षपछि पक्राउ

काठमाडौं । सुनसरीमा बाबुआमालाई हातखुट्टा बाँधेर छोरीलाई सामूहिक बलात्कार गरेका व्यक्ति १८ वर्षपछि पक्राउ छन् । पक्राउ पर्नेमा सुरज बिक रहेका छन् ।

२०६१ मंसिर २३ गते बिकसहितको समूहले इनरुवा नगरपालिका–२ स्थित एक घरमा राति साढे ९ बजेर पसेर १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । सर्वोच्च अदालतले बिकलाई ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला सुनाएको थियो । तर बिक पक्राउ पर्न सकेका थिएनन् ।

बिकलाई बराह क्षेत्र नगरपालिका–५ भरौलबाट आइतबार पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका विकलाई कैद भुक्तानका लागि झुम्का कारागार चलान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर