तस्करीको सामान लिन पुगेका प्रहरी र स्थानीयबीच सप्तरीमा झडप, केही घाइते
नेपाल प्रेस
२०७९ भदौ ७ गते १६:४६
जनकपुरधाम । सप्तरीको बलान विहुल गाउँपालिका ४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
तस्करीको समान नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि स्थानीयले ढुंगामुडा गरेपछि झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गरेकाे छ ।
तस्करीको समान लुकाएको आशंकामा आज दिउँसो प्रहरीले घर खानतलासी गर्न पुगेका थिए । स्थानीयले घर खानतलासीमा अवरोध गर्दा प्रहरीसँग विवाद भएको थियो ।
सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले झडपमा केहि प्रहरी र स्थानीय घाइते भएको जानकारी दिए । उनले तस्करीका के समान बरामद भयो भन्ने विषयमा पछि जानकारी दिने र अहिले अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर