प्रहरी प्रधान कार्यालयले भन्यो : गृहमन्त्रीका पीएसओमाथि छानबिन हुँदैछ, दोषी देखिए कारबाही हुन्छ – Nepal Press

प्रहरी प्रधान कार्यालयले भन्यो : गृहमन्त्रीका पीएसओमाथि छानबिन हुँदैछ, दोषी देखिए कारबाही हुन्छ

काठमाडौं । सुन तस्करीमा मुछिएका गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक एवम् प्रहरी प्रवक्ता टेक प्रसाद राईले एक विज्ञप्ति जारी गर्दै अनलाइन मिडियाहरुमा सुन तस्करसँग गृहमन्त्रीका पीएसओको संलग्नताबारे आएको समाचारप्रति ध्यानकर्षण भएको जनाउँदै उनीमाथि छानबिन भइरहेको उल्लेख गरेका छन् ।

कार्कीलाई तत्कालै नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई अनुसन्धान भइरहेको र दोषी देखिए कानुन बमोजिम कारबाही हुने प्रवक्ता राईले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर