बालुवाटारमा देउवा-ओलीबीच के भयो कुराकानी ? – Nepal Press

बालुवाटारमा देउवा-ओलीबीच के भयो कुराकानी ?

काठमाडौं । सरकारसँग करिबकरिब संवादहीनताको स्थिति तोड्दै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अचानक बालुवाटार पुगेका छन् ।

झण्डै डेढ घण्टा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट अध्यक्ष ओलीको साथमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।

प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणलगायत दीर्घकालीन महत्वका निर्णयमा सरकारले एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाइरहेको बेला भएको छलफललाई अर्थपूर्णरूपमा लिइएको छ ।

आज बिहानको भेटमा सदनबाट पुन: पारित नागरिकता विधेयक, हिजो पेस गरिएको टीआरसी विधेयक, आसन्न मंसिर ४ को निर्वाचनसम्बन्धी कुराकानी भएको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर