अण्डरग्राउण्डका संरचना खाली गराउन आरबी कम्प्लेक्समा मेयर बालेन्द्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरास्थित खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सको अन्डरग्राउण्ड खाली गराउँदैछ । महानगरले अण्डरग्राउण्डमा रहेका पसलहरू खाली गराएर अवैध संरचनामा डोजर चलाएको हो ।
पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन लागेको महानगरपालिकाले जनाएको छ । यसअघि आजै महानगरले काठमाडौं मलअगाडि बनेको अवैध संरचना डोजर लगाएर भत्काएको छ ।
अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।
यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।