आरबी कम्लेक्सको अवैध संरचनामा महानगरको डोजर (७ तस्बिर/भिडिओ) – Nepal Press

आरबी कम्लेक्सको अवैध संरचनामा महानगरको डोजर (७ तस्बिर/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहराको खिचापोखरीस्थित आरबी कम्प्लेक्सअगाडिको अनधिकृत संरचना भत्काएको छ । नक्सा पास नगरी बनाइएका संरचनामा राखिएका पसल खाली गराएर महानगरले डोजर चलाएको हो ।

पार्किङका लागि नक्सा पास गरेर अन्य प्रयोजन ल्याइएको भन्दै त्यस्ता संरचना खाली गर्न महानगरले साउन पहिलो साता सूचना निकालेको थियो ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी सँगै पुगेका थिए ।

यसअघि आजै महानगरले काठमाडौं मलअगाडि बनेको अवैध संरचना डोजर लगाएर भत्काएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *