तनहुँ र म्याग्दीको जलविद्युत आयोजना निर्माणको समस्या समाधानमा संसदीय समितिको चासो (भिडिओ) – Nepal Press

तनहुँ र म्याग्दीको जलविद्युत आयोजना निर्माणको समस्या समाधानमा संसदीय समितिको चासो (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँको तनहुँ जलविद्युत आयोजना र म्याग्दीको रघुगंगा जलविद्युत आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले दुई जलविद्युत आयोजना निर्माणका क्रममा विविध जटिलता देखिएको भन्दै आन्तरिक समन्वयमार्फत सबै समस्यालाई समाधान गर्दै निर्माणमा देखिएको समस्या हटाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा उक्त आयोजनाहरुको निर्माण अवस्थाका बारेमा अध्ययन गर्न गठित अनुगमन समितिले प्रतिवेदन बुझाएको थियो । आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिइन् ।

बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले उक्त आयोजनाहरु समयमा नै सुरु हुन नसक्दा लागत नै महङ्गो पर्ने देखिएको बताए । विभिन्न समस्या समाधानका प्रयास हुँदा पनि उक्त आयोजनाहरु निर्माण गर्न निकै कठिन भएको उनको भनाई छ ।

त्यस्तै सांसदहरुले आयोजनाहरु निर्माणमा ढिलाई भएका कारणहरुलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *