फेसबुकको पासवर्ड ह्याक गरेर डेढ दर्जन बढीलाई ठगी गर्ने एकजना पक्राउ
नेपाल प्रेस
२०७९ भदौ ८ गते १७:३४
काठमाडौं । अर्काको फेसबुक पासवर्ड ह्याक गरेर त्यसमा जोडिएका साथीहरुसँग पैसा उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरीका किरण पाठक रहेका छन् । प्रहरीका अनुसार पासवर्ड ह्याक गरेपछि प्रोफाइलमा जोडिएका साथी तथा आफन्तसँग अप्ठेरो पर्यो भन्दै पाठकले पैसा माग्ने गरेका थिए ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार करिब डेढ दर्जन महिला तथा पुरुषसँग पैसा उठाएपछि पाठक प्रहरीको फन्दामा परेका हुन् । ब्युरोका प्रवक्ता पशुपती रायले पीडितहरु अझै बढ्न सक्ने बताए ।
प्रतिक्रिया