एमाले बैठकमा घनश्यामको प्रस्ताव- वाममोर्चाको नेतृत्व गरौं, प्रत्यक्षमै १५० सीट जितिन्छ (पूर्णपाठ)
‘वैचारिक कुरा उठाउँदा मलाई विवादमा तान्ने र अनुशासनको डण्डा देखाउन खोजियो’
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको जारी तीनै तहका कमिटी बैठकमा वाम एकताको पक्षमा आफ्नो बेग्लै प्रस्ताव पेस गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गरेका थिए । यद्यपि उनको सो प्रस्ताव औपचारिक रूपमा सार्वजनिक भएको छैन ।
बिहीबारको पोलिटब्युरो बैठकमा पनि भुसालले आफ्नो मत लैजाँदैछन् । नेपाल प्रेसलाई प्राप्त घनश्याम भुसालको प्रस्तावमा उनले यसअघि सार्वजनिक रुपमा व्यक्त गर्दै आएका कुरा नै समेटिएका छन् ।
भुसालले नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने भन्दै माओवादी वा नेकपा एसबाट त्यो सम्भव नहुने तर्क गरेका छन् । उनले अझै पनि वामपन्थी दलहरू एकजुट भएर जनताबीच स्वेतपत्र जारी गरेर जाने हो भने दुईतिहाइ बहुमत प्राप्त हुने दाबी गरेका छन् ।
नेकपाकालीन विवाददेखि पछिल्ला घटनाक्रमसम्म सबै पक्षका गल्ती रहेको स्वीकार गर्न हिच्किचाउन नहुने बताएका छन् । उनले चुनावअघि नै वामपन्थी एकता कसरी हुन्छ भन्नेबारे प्रस्तावमा खुलाएका छैनन् ।
तर आफूले वैचारिक सैद्धान्तिक कुरा राख्दा विवादमा तान्ने,अनु्शासन आयोगको कारवाहीको हल्ला चलाउने र आरोपित गर्ने काम भइरहेकोमा दुःख व्यक्त गरेका छन् ।
उनले वाम एकता नगर्ने हो भने आसन्न निर्वाचन एमाले र कम्युनिष्ट आन्दोलनका लागि क्षति हुने र कांग्रेसले कम्युनिष्टको मत लिएर कुशासन चलाउने बताएका छन् । उनले कम्युनिष्ट मिल्ने हो भने अहिले पनि १६५ मध्ये १५० सीट जित्न सकिने दाबी गरेका छन् ।
हेर्नुस् घनश्याम भुसालको प्रस्ताव
यो कुरा घनश्याम जि तपाईं का गुरु बा प्रचण्ड र माकुने लाइ भन्नुहोस , ओली लाइ र एमाले कार्यकर्ता लाइ नभन्नु होला किन कि २०७२ को महाभूकम्प पछि देशलाइ अफ्ठ्यारो परेको बेला भारत ले जुन नाकाबन्दी लगाएर हामी नेपाली हरु लाई दुःख दियो त्यो बेला मा नेपाली जनताको साथ लिएर एक्लै के पि ओली ले भारतीय अत्याचार विरुद्ध लड्नु भयो, अरु कुन चाहिं नेता हरु ले त्यो पिडा को समय के के गरे भन्ने कुरा नेपाली जनताको मन मा अहिले नै ताजा नै छ कुनै समय ओली बिरोधीहरु ओली लाइ भारतीय दलाल भन्थे तर समय क्रममा जब जब भारत ले नेपाल र नेपाली हरु लाइ दुःख दिन्छ तब तब अहिले का नेपाली नेता हरु मध्ये के पि ओली नै भारतीय ज्यादती विरुद्ध लड्ने एक्लो नेता हुन समय क्रम ले अरु बांकी नेता हरु बिदेशी दलाल हरु हुन भन्ने पुष्टि भइसकेको छ त्यस मा पनि भारतीय दलाल हरु हुन।
आज कांग्रेसको नेतृत्वमा रहेको सरकार बनाउनुमा घनश्याम भुसालको हिस्सा कति? कार्तिक २८, २०७७ मा तत्कालिन प्रम तथा पार्टी अध्यक्ष केपी ओली विरूद्ध फ़ौजदारी प्रकृतिको मुद्दा माझण्डहरूबाट लगाउँदा र संसदीय दल बाहिरबाट प्रमबाट ओलीलाई हटाउन खोज्दा त्यतिखेर घनश्याम भुसाल किन बोलेनन्? कार्तिक २८ ले पुस ५ ल्यायो किन भन्न सक्दैनन्?
अहिले माझण्डहरू एमालेलाई हराउँछौं भन्दै देउवालाई नेता मानेर हिंडेका छन्, अनि ति कसरी वामपन्थी भए? घनश्याम भुसालले माझण्डहरू वामपन्थी बाटोमा छैनन् र होइनन् किन भन्न सकदैनन्? माझण्डहरूको पछि लागेका नेता तथा कार्यकर्ताहरूलाई एमालेमा आउन आह्वान किन गर्दैनन्? माधव नेपालप्रति अझैपनि आशक्ति किन?
नेकालाई अघि लगाएर एमाले हराउन खोज्नेहरू वामपन्थी होइनन् भनेर घनश्याम भुसाललाई कसले बुझाउने? घनश्याम भुसाल हारको मनोविज्ञानबाट निर्देशित छन्श्र त्यसैले एमाले बलियो बनाउने कुरा नगरेर वाममोर्चाको तर्क गर्देछन्। जबकी माझण्डहरू दक्षिणपन्थी मोर्चा बनाएर रमाईरहेका छन्।
एकदमै राम्रो प्रस्ताव छ । कम्रेड घनश्याम भुसाल बाट
प्रचण्ड र माकुने बामपंथी हुन भन्ने भ्रम अझै घनश्याम भुसालमा देखियो । केपी लाई लगाएकाे १९ बुदे झुठो अभियाेका वारेमा चुँ गर्दैनन् घनश्याम कामरेड। वारि काया पारि मायालु भनेझैं छ कामरेडकाे अवस्थ ।