शंखमुल र अल्फा बिटाकाे अनधिकृत संरचना हटाउन महानगरकाे निर्देशन – Nepal Press

शंखमुल र अल्फा बिटाकाे अनधिकृत संरचना हटाउन महानगरकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बानेश्वर क्षेत्रमा बनेको अनधिकृत संरचना हटाउन निर्देशन दिएका छन् । आज बिहान शंखमुल र नयाँ बानेश्वर पुगेर नक्सापास विना बनाइएको संरचना भत्काउन निर्देशन दिएको हो ।

महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको भत्काउन निर्देशन दिए ।

शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।

नयँ बानेश्वर क्षेत्रको अल्फा विटामा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । त्यहाँ संचालनसँग मेयर साहको भनाभन समेत भएको थियो । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर