झलनाथ भन्छन्- ओली गुटविरुद्धको विद्रोह अझै जारी छ (भिडिओ) – Nepal Press

झलनाथ भन्छन्- ओली गुटविरुद्धको विद्रोह अझै जारी छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद र नेतृत्वविरुद्ध विद्रोह गर्ने आँट निकै ठूलो रहेको टिप्पणी गरेका छन् । नेकपा एस पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आज हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिक्षा विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ,’ उनले भने, ‘ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्‍यो ।’

त्यो विद्रोह गर्ने आँट निकै ठूलो रहेको उनले बताए । यसबाहेक अझै पनि विद्रोह जारी रहेको उनले बताए । ‘अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी छ,’ उनले भने ।


प्रतिक्रिया

One thought on “झलनाथ भन्छन्- ओली गुटविरुद्धको विद्रोह अझै जारी छ (भिडिओ)

  1. राष्ट्रपति को ललिपप देखाएका छन, सत्ता र पद को लागि तिमी हरु को यो दरिद्र रुप नेपाली जनताहरु ले कहिले सम्म भोग्नु पर्ने हो बिदेशी का पाल्तु हरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर