राष्ट्रपतिले पूर्वसेनापतिहरूसँग भेटेकोमा गठबन्धनको आपत्ति, निगरानी गर्न प्रधानमन्त्रीलाई आग्रह (भिडिओ) – Nepal Press

राष्ट्रपतिले पूर्वसेनापतिहरूसँग भेटेकोमा गठबन्धनको आपत्ति, निगरानी गर्न प्रधानमन्त्रीलाई आग्रह (भिडिओ)

माधव नेपाल भन्छन्- राष्ट्रपतिले के गर्न खोजेकी हुन् ? हामी निगरानी गर्दैछौं

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि शीतल निवासमा भइरहेका भेटघाटहरूप्रति सत्ता गठबन्धनले संशय प्रकट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सीट बाँडफाँटका लागि बसेको शीर्ष बैठकमा राष्ट्रपतिको भूमिका ठीक नभएको र एमालेको पक्षमा माहौल सिर्जना गर्न खोजिएको कुरा उठेको थियो ।

राष्ट्रपतिले नागरिकता विधेयक फेरि पारित भएर गएमा त्यसलाई स्वीकृत नगरी राजीनामा दिने सम्भावनाका बारेमा समेत नेताहरूबीच छलफल भएको बताइएएको छ । राष्ट्रपतिको भूमिकाप्रति प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव बढी आक्रामक बनेका छन् ।

बैठकपछि आयोजित पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एसका अध्यक्ष माधव नेपालले पूर्वसेनापतिहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले भोज खुवाएकोमा गठबन्धन बैठकले गम्भीर रूपमा लिएको बताए ।

नेपालले भने, ‘राष्ट्रपतिका बारे कुरा आएका छन् । जसरी पूर्वप्रधान सेनापतिहरूलाई शीतल निवासमा बोलाएर भोज दिने कुरा भयो यसमा प्रश्न उठेको हो । राष्ट्रपतिले के गर्न खोजेकी हुन् ? भोलि अनिष्ट हुने त होइन ? बालुवाटारमा पनि छलफल भएको छ, हामीले निगरानी गरिरहेका छौं ।’

राष्ट्रपतिले यसबीचमा को-कोसँग छलफल गरेको हो भन्नेबारेमा पनि नेताहरूले चासो राखेका छन् ।


प्रतिक्रिया

One thought on “राष्ट्रपतिले पूर्वसेनापतिहरूसँग भेटेकोमा गठबन्धनको आपत्ति, निगरानी गर्न प्रधानमन्त्रीलाई आग्रह (भिडिओ)

  1. राष्ट्रपतिले गठबन्धनका भारतीय दलालहरूलाई डाँडा कटाईदिए हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर