लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोजपुरमा नयाँ नेतृत्व
नेपाल प्रेस
२०७९ भदौ ९ गते १७:२०
भोजपुर । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोजपुरमा नेतृत्व चयन भएको छ ।
सदरमुकाममा भएको महासंघको प्रथम अधिवेशनले लालबहादुर प्रधान (एलबी) को नेतृत्वमा ३५ सदस्यीय कमिटी बनाएको हो ।
महासंघको उपाध्यक्षमा हेमराज राई, सचिवमा अर्जुन तामाङ, सहसचिवमा रेनुका भुजेल र कोषाध्यक्षमा फुदोर्ची शेर्पा चयन भएका छन् ।
नयाँ नेतृत्वलाई महासंघका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री एवं संविधानसभा सदस्य कृपाशुर शेर्पा, उपाध्यक्ष पीके राई, महासचिव पेम्बा भोटे, जिल्ला कमिटी अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मकर खड्कालगायतले बधाई दिए ।
प्रतिक्रिया