गुनासो सुन्न जनताको घर–घर जाँदै रुपन्देही कांग्रेस – Nepal Press

गुनासो सुन्न जनताको घर–घर जाँदै रुपन्देही कांग्रेस

रुपन्देही ।आगामी मंसिर ४ गते हुने सघीय र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले रुपन्देहीमा ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएको छ ।

शनिबार पहिलो चरण अन्तरगतको कार्यक्रम उद्घाटन केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँडले गर्ने भएका छन् । अभियानअन्तरगत आगामी भदौ २४ गतेसम्म संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा कार्यक्रम गरिने छ ।

भदौ २४ गते बिपीजयन्ती मनाउने र सोही दिन कार्यक्रम पनि समापन गरिने कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँडले जानकारी दिए । बिहीकार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले जनताले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने र भावना बुुझ्न क्षेत्रीय समिति र प्रदेश समितिहरुलाई समेत गाउँगाउँमा प्रतिनिधि खटाउने निर्णय भएको छ ।

बैठकले स्थानीय तह निर्वाचनअघि राजीनामा दिएका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालको राजीनामा स्वीकृत गर्दै अर्को ब्यबस्थाखनभएसम्मका लागि उपसभापति पर्शुराम ढकाललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको सचिव हरि काफ्लेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर