बालेनको पक्षमा उभिइन् झाँक्री, भनिन्-मलाई जस्तो दलीय दवाव मेयर बालेन जीलाई हुँदैन
काठमाडौं । पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमलाई समर्थन गरेकी छन् ।
काठमाडौंमा अवैध संरचना हटाउन मेयर साह एक्सनमा उत्रिएपछि पूर्वमन्त्री झाँक्रीले उनको यस कदमको प्रंशसा गरेकी हुन् । उनले माथिल्लो तहको दबाबले आफू मन्त्री हुँदा बागमति करिडोरको संरचना हटाउन नसकेको भन्दै अब उपत्यकाका नदी किनारका अतिक्रमण हट्नेमा विश्वास व्यक्त गरेकी छन् ।
उनले मन्त्री हुँदा बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको बताउँदै निर्वाचन आएकोछ यसो नगरौ भन्ने दवाव आयो र स्थगन गर्न परेको समेत खुलाइन् । उनले सामाजिक संजाल फेसबुकमा आफूलाई जस्तो दलिय दवाव मेयर बालेनलाई नहुने लेखेकी छन् ।
उनले लेखेकी छन्,‘ मेरो समर्थन मेयर बालेन जीलाई !
१.यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२.मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३.निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४.स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५.मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६.सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७.मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.’