एमालेको आँकलन- गठबन्धन कुनैपनि बेला भत्कन सक्छ (पूर्णपाठ) – Nepal Press
ओलीको प्रतिवेदन

एमालेको आँकलन- गठबन्धन कुनैपनि बेला भत्कन सक्छ (पूर्णपाठ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धन कुनैपनि बेला भत्कन सक्ने दाबी गरेको छ । आजदेखि सुरू एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘भागबण्डा नमिल्नासाथ गठबन्धन भत्कने र नयाँ गठबन्धनको प्रयास हुने’ आँकलन गरिएको छ ।

अध्यक्ष ओलीले गठबन्धनको कुनै राजनीतिक, सैद्धान्तिक धरातल नभएको र बाँडीचुँडी खाने सत्ता स्वार्थमा मात्रै गठबन्धन टिकेको दाबी गरेका छन् ।

‘यथार्थमा यो कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबण्डा नमिल्नासाथ भोलि कुनैपनि बेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ’, अध्यक्ष ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा गठबन्धन सरकार र गठबन्धन दलहरुको आलोचना गर्दै ओलीले गठबन्धन राजनीतिक अस्थिरताको माध्यममात्रै भएको टिप्पणी समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर