एमाले बैठक- ओलीको प्रतिवेदनमाथि ९ टोलीमा छलफल – Nepal Press

एमाले बैठक- ओलीको प्रतिवेदनमाथि ९ टोलीमा छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न ९ वटा समूह बनाइएको छ ।

सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग-अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरू भएको छ । अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचसम्मको पार्टीको कार्यदिशा समेत तय गर्ने उनले बताए ।

अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवदेनमाथि पनि छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर