आमाको भेषमा आमासँगै मनोज गजुरेल, भन्छन्- यो मन चिमोट्ने क्यारिकेचर हो
काठमाडौं । नेपाली हास्यव्यंग्य क्षेत्रमा चिर परिचित नाम हो मनोज गजुरेल । विशेष गरी क्यारिकेचर मार्फत आम दर्शकहरुलाई पेट मिची मिची हास्न बाध्य बनाइदिन्छन् । डोनाल्ड ट्रम्पदेखि टेड्रोस अधानोम गेब्रेयेसस सम्मको क्यारिकेचर गरेर चर्चित बनेका मनोज हाल भने नितान्त फरक अवतारमा देखिएका छन् ।
उक्त अवतारमा मनोज गजुरेल पहेलो फुलबुट्टे सारी , ढाकाको चोली र पछ्य्यौरी , सेताम्मै फुलेको कपाल अनि आँखा मुनी ‘डार्क सर्कल’ । उक्त अवतार अरु कसैको नभई गजुरेलकी आफ्नै आमाको हो ।
गजुरेलले आफ्नी आमा र आफ्नो उक्त तस्विर सामाजिक संजालमा सेयर समेत गरेका छन् । उक्त तस्विर सिस्नु पानी नेपालको नयाँ प्रस्तुती ‘छोरी महिमा र गरिमाको गायन’को रहेको गजुरेलले नेपाल प्रेसलाई बताए । विभिन्नमा अवसर पारेर व्यंग्यात्मक प्रस्तुतीको मन्चन गर्दै आएको सिस्नुपानी नेपालले हिजो मात्र राष्ट्रपतिको आथित्यतामा प्रज्ञा प्रतिष्ठानमा सो प्रस्तुती देखाएको थियो ।
नारीहरुको त्याग परिश्रम , मेहिनत र गरिमाको कदर तथा सम्मानमा उक्त प्रस्तुति तयार गरिएको गजुरेलको भनाई छ ।
‘हामीले पहिला बुवाको सम्मानमा यस्तै एउटै प्रस्तुती दिएका थियौँ , त्यस पछी आमाको नाममा नि केही गरौ भन्ने भयो तर आमा भन्ने शब्द भन्दा पनि छोरी भन्ने शब्द यो प्रस्तुतीलाई बढी सुहाउँदो लागेर हामीले यही नाममा प्र्स्तुती मन्चन गरेका हौँ , मैले यसमा मेरै आमाको भूमिका निभाएको छु र यसमा मेरी आमाको पनि सानो रोल छ ।’उनले भने,‘क्यारिकेचरले सधैं हसाउँन पर्छ भन्ने छैन यो प्रस्तुती मर्मस्पर्शी प्रस्तुती हो , कहिले काँही क्यारिकेचरले मनलाई चिमोट्नु पर्छ यो त्यस्तै प्रस्तुती हो ।’
गजुरेलका अनुसार ‘छोरी’ नामक सो प्रस्तुती आजनै गजुरेल नामक युटुब च्यानल मार्फत सार्वजनिक समेत हुनेछ ।