पूर्वमन्त्री सीता गुरुङको प्रश्न – काठमाडौंमा युवा चाहिने, तेह्रथुममा नचाहिने हुन्छ ? – Nepal Press

पूर्वमन्त्री सीता गुरुङको प्रश्न – काठमाडौंमा युवा चाहिने, तेह्रथुममा नचाहिने हुन्छ ?

आफू प्रत्यक्ष चुनाव लड्ने घोषणा,स्वास्थ्यमन्त्रीलाई क्षेत्र नछाड्ने

इटहरी । तेह्रथुम कांग्रेसकी हेभिवेट नेतृ सीता गुरुङले तेह्रथुमबाटै प्रत्यक्ष चुनाव लड्ने बताएकी छन् । सत्ता गठबन्धनको कार्यदलको मापदण्ड अनुसार नेकपा एसका नेता तथा संघिय मन्त्री भवानीप्रसाद खापुङको भागमा पर्छ यो क्षेत्र । तर कांग्रेस तेह्रथुमकी नेतृ गुरुङले आफू वाम गठबन्धन हुँदा पनि अत्यन्तै कम मतान्तरले हार्ने १० उम्मेदवारमा एक भएको भन्दै आफूलाई यो पटक तेह्रथुमका जनतासँग जानबाट कसैले रोक्न नसक्ने बताइन् ।

कांग्रेस तेह्रथुमका अर्का हेभिवेट नेता तुलसी सुब्बालाई समानुपातिकमा पठाएर आफू प्रत्यक्ष चुनाव लड्ने गुरुङले बताइन् । ‘काठमाडौंमा युवा चाहिने, तेह्रथुममा नचाहिने भन्ने हुन्छ?’, गुरुङले नेपाल प्रेससँग भनिन्, ‘पार्टी र गठबन्धनको युवा नेता मै भएकोले मेरो उम्मेदवारी हुनेछ ।’

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात पूर्वराज्यमन्त्री गुरुङले युवाहरुलाई भविष्यको चिन्ता हुने भएकोले जनतालाई धोका नहुने तर्क गरिन् ।

‘उमेर खाएका नेताहरुलाई यहि त अन्तिम पटक भनेर जनताप्रति धेरै उत्तरदायित्व हुन्न’, गुरुङले भनिन् , ‘हामी युवाहरुले भोलिको दिन सम्झेर काम गर्नुपर्छ । हामी धेरै जनताप्रति उत्तरदायी हुन्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर