गृहजिल्लाबाट शेखरको सन्देश- सय सीटभन्दा कम लिएर कांग्रेस चुनावमा जान सक्दैन – Nepal Press

गृहजिल्लाबाट शेखरको सन्देश- सय सीटभन्दा कम लिएर कांग्रेस चुनावमा जान सक्दैन

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १०० सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान नसकिने बताएका छन् ।

अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानुपरेको समेत प्रष्ट पारे । कोइरालाले भने- कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं– ६ ले सुन्दरहरैंचामा आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गरिनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु– डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वआमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्गलगायत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर