केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय (भिडिओ) – Nepal Press

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको महरले बताए ।

बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ । ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रुपमा प्रस्तुत गर्दा हलमा दुई मिनेटसम्म ताली बजेको थियो ।


प्रतिक्रिया

2 thoughts on “केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय (भिडिओ)

  1. राम्रो र सही निर्णय।म एमाले त होइन तर अब म त केपिलाई प्रधानमन्त्री बनाउने गरी एमाले जिताउन लाग्छु। एमालेले नजितेमा देशको भविष्य नै बर‌बाद हुने देखियो। नेपालको समग्र विकासको लागि एमाले र केपि अनिवार्य देखियो। विदेशीका दलालहरूले भरिएको गठबन्धनलाई हराउनुपर्छ। आफ्नो स्वार्थको लागि देशै बेच्ने तर काम केहि नगर्ने चटकेहरुले देश बर्बाद बनाउँछन्।

    1. सुर्य चिन्हमा नेकपा एमालेलाई मतदान गरौं राष्ट्र र राष्ट्रियता जोगाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर