अरनिको यातयातमा नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी – Nepal Press

अरनिको यातयातमा नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी

अध्यक्षमा १० वर्षपछि क्षेत्रीको 'कम ब्याक' प्रयास

सिन्धुपाल्चोक । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातयात सञ्चालन गर्दै आइरहेको अरनिको यातयात सेवा समितिको रुपान्तरीत पूर्व अरनिको यातयात कम्पनी प्रालिको नयाँ नेतृत्व छनोटको लागि निर्वाचन हुने भएको छ ।भदौ १५ गत हुने निर्वाचनका लागि अध्यक्ष पदमा तिन जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि अरनिको यातयातका पूर्वअ

ध्यक्ष एवम बलेफी गाउँपालिकाका पूर्वअध्यक्ष केदार क्षत्री, समितिका वरिष्ठ उपाध्यक्ष निर्पध्वज महत र व्यावसायी उद्धव गौतमले अध्यक्षमा उमेदवारी दर्ता गराएका हुन् ।

२०२९ सालमा स्थापना भएको अरनिको यातयात सेवा समितिअन्र्तगत अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुां, सिन्धुली लगायतका जिल्लामा यातयात सञ्चालन गरिरहेको छ ।

चार कार्यकाल सचिव र तीन पटक अध्यक्ष भइसकेका अध्यक्षका प्रत्यासी केदार क्षत्री अरनिको समितिमा १० वर्ष पछि पुन ‘कम ब्याक“ हुने भन्दै अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । अरनिको मा ५ सय ८३ व्यावसायीहरु सदस्य रहेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा बलेफी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचीत भएका क्षेत्री आफु सुरु देखि नै अरनिको यातयातसँग सम्बन्धित रहेको र अहिले अरनिकोमा धेरै समस्या सुरु भएको र त्यसको समाधानका लागि यातयात व्यावसायीहरुले समितिमा आउन आग्रह गरेपछि अध्यक्षमा उमेदवारी दिएको बताएका छन् ।

अरनिकोमा आवद्ध तीन सय बढी व्यवसायीहरुको समर्थन र उनीहरुको आग्रहमा अध्यक्षमा उमेदवारी दिन आफू बाध्य भएको उमेदवार मनोनयनपछि क्षेत्रीले बताए । विगत दुइ वर्षदेखि राजधानी पूर्व सञ्चालन हुने बसहरुको बसपार्क नहुँदा समस्या भइरहेको बताउँदै अध्यक्ष क्षेत्रीले आफु अध्यक्षमा निर्वाचित भएपछि बसपार्कको समस्या समाधान गर्ने बताए ।

त्यस्तै, अध्यक्षका अरु प्रत्याशी निर्पध्वज महत र उद्धव गौतमले पनि अरनिको यातयातका व्यवसायीहरुको हितका लागि अध्यक्षमा उमेदवारी दिएको बताएका छन् ।

अध्यक्ष क्षेत्रीले नेपाली कांग्रेस, एमाले र माओवादी निकटका केही व्यवसायीहरुको सपोर्ट रहेको छ भने महतलाई नेपाली कांग्रेसको मात्रै समर्थन रहेको छ, त्यस्तै अर्का उम्मेदवार गौतमलाई माओवादी निकटका व्यवसायीहरुको समर्थन रहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर