‘डगी डान्स’को भिडियो हटाउँदै नर्स प्रियंकाले मागिन् माफी – Nepal Press

‘डगी डान्स’को भिडियो हटाउँदै नर्स प्रियंकाले मागिन् माफी

‘गीत र नृत्यको छनोटमा कमजोरी भयो’

काठमाडौं । तुल्सीपुर नगर अस्पतालमा कार्यरत नर्स प्रियंका वलीले गत ७ गते आफ्नो टिकटक अकाउन्टमा एउटा भिडियो हालिन् । आफ्नै कार्यालयभित्र गरिएको तिज पार्टीमा उनीसहितका महिला कर्मचारीहरुले रमाइलो गरेको पोष्ट हाल्नासाथ आलोचनाको वर्षा सुरु भयो ।

आलोचनाको कारण थियो– कार्यालय पोशाकमा गरिएको ‘डगी डान्स’ । धेरैले सरकारी पोशाकको दुरुपयोग गर्दै तिजका नाममा कार्यालयभित्रै उछृङ्खलता प्रदर्शन गरेको टिप्पणी गरे । कतिले प्रियंकामाथि अमर्यादित गालीगलौज र चरित्रहत्यासमेत गरे । दवावमा परेकी प्रियंकाले अन्ततः उक्त डान्सको भिडियो टिकटकबाट हटाउन वाध्य भएकी छन् ।

भिडियो हटाउनुका साथै उनले सो भिडियोमा साथ दिने अन्य स्वास्थ्यकर्मीसँगै बसेर सामूहिक क्षमायाचना समेत गरेकी छन् । गीत र नृत्यको छनोटमा कमजोरी भएको उनीहरुको स्वीकारोक्ति छ ।

उनको भनाइ यस्तो छ :

गत ७ गते विप्लव समूहको बन्दका दिनमा हाम्रो कार्यस्थलमा कार्यालयका सम्पूर्ण कर्मचारीले तिजविशेष कार्यक्रम आयोजना गरेका थियौं । कार्यालय समयपछि आयोजना गरी रमाइलो गर्दा अफिस पोशाकमा टिकटक भिडियो बनाइराखेको बेला संयोगवस उक्त भिडियो पोस्ट हुन पुग्यो । सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट भएकाले नृत्य र गीत छनोटमा हाम्रो कमजोरी भएता पनि समाजले दिएको दायरा नभुल्दै जसरी राष्ट्रसेवामा रातदिन नभनि तल्लिन छौं, त्यसरी नै मर्यादामा रहेर आउँदा दिनहरुमा पनि राम्रा काम गर्ने प्रतिवद्धतासहित माफ गरिदिनुहुन्छ भन्ने विश्वास गर्दछौं ।’

त्यसो त पछिल्ला केही दिनमा यस्तो ‘डगी डान्स’ टिकटकमा ट्रेन्डिङ नै भइरहेको छ । तिज पार्टीमा महिलाहरुले हिन्दी गीत ‘काला चश्मा’ मा भिडियो बनाएर टिकटकमा पोस्ट गर्ने होडबाजी नै गरिरहेका छन् । यसलाई ‘डगी डान्स’, ‘ट्वर्क डान्स’ लगायत विभिन्न उपमा दिइएको छ । कतिपय पुरुषहरुले पनि यस्तो डान्सको भिडियो हालिरहेका छन् । हालै मात्र भारतीय क्रिकेट टिमका खेलाडीले पनि डगी डान्सको भिडियो सार्वजनिक भएको थियो ।

यस्तो डान्स ट्रेन्डसँग नेपाली महिलाहरुको पवित्र चाड तिजको भने कुने तादाम्यता छैन । हाल यो नृत्यलाई लिएर सामाजिक सञ्जालमा बहससमेत भइरहेको छ । धेरैले तिजलाई नै विकृत तुल्याउने गरी केही महिलाहरुले उछृङ्खलता प्रस्तुत गरेको टिप्पणी गरिरहेका छन् । कतिपयले चाहिँ महिला अधिकार र स्वतन्त्रतासँग जोडेर यसमा केही पनि गलत नभएको तर्क पनि गरेका छन् ।

केही दिनअघि चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले ‘डगी डान्स’ को भिडियो हाल्दा निकै आलोचना खेप्नुपरेको थियो । तर, अहिले कयौं महिलाहरुले यस्तै भिडियो बनाएर हालेपछि पक्ष र विपक्षमा वाद–प्रतिवाद जारी छ ।

प्रियंकाको भिडियोमा कमेन्टको वर्षा नै भएको थियो । भिडियो हटाउन वाध्य हुनु परे पनि त्यसले उनलाई फलोअर्स बढाउन भने राम्रो मद्दत मिल्यो । माफी मागेको भिडियोमा प्रियंकाले सकारात्मक प्रतिक्रियाहरु प्राप्त गरेकी छन् । धेरैले उनलाई कमजोरी स्वीकार गरेकोमा धन्यवाद दिएका छन् ।

@chalise.govinda

#govindachalise #tiktoknepal🇳🇵 #foryou #fyp

♬ original sound – Govinda Chalise

 


प्रतिक्रिया

One thought on “‘डगी डान्स’को भिडियो हटाउँदै नर्स प्रियंकाले मागिन् माफी

  1. अब त खुल्लम खुल्ला गर्न हुने र गर्न नहुने भन्ने केहि बाकी रहेन , जे गरे पनि हुने भयो , माफी साफी माग्नु पर्दैन। बरु यी डगि डान्स गर्ने नानीलाई म सङ्ग भेट्टाइदिनु न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *