त्रिविमा नेविसंघले अति गरेको भन्दै योगेशले भने- पञ्चायतकालमा यस्तालाई मण्डले भनिन्थ्यो – Nepal Press

त्रिविमा नेविसंघले अति गरेको भन्दै योगेशले भने- पञ्चायतकालमा यस्तालाई मण्डले भनिन्थ्यो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेविसंघले एक वर्षदेखि त्रिभुवन विश्वविद्यालयविरुद्ध ‘अति’ गरेको टिप्पणी गरेका छन् ।

नेपाल विद्यार्थी संघ त्रिविमा तालाबन्दी गरेर आन्दोलनमा छ । भट्टराईले उपकुलपतिलाई कडा स्टेप चाल्न आग्रहसमेत गरेका छन् । आज सुरक्षाको मागसहित त्रिविले आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघका कार्यकर्ताले हुलहुज्जत गरेपछि भट्टराइले लामो स्टाटस लेखेका छन् ।

उनले पञ्चायतकालमा सत्ताको आडमा यस्तो गतिविधि गर्नेलाई मण्डले/भिजिलान्ते भनिन्थ्यो भन्दै त्रिविलाई बर्बादी हुनबाट जोगाउन आग्रह गरेका छन् ।

नेता भट्टराईको भनाइ जस्ताको तस्तै-

अति भयो !
प्राध्यापक ( गुरु ) प्रेम चलाऊनेलाई मरणासन्न हुनेगरी कुटपिट कस्ले गर्‍यो ? नेबिसंघले ।
बिगत एकबर्षदेखि त्रिविमा तालाबन्दी गरिएको छ । ताला कस्ले लगायो ? नेबिसंघले ।
त्रिविका भिसीले आफुले मागेको ५० लाख नदिएको कारण भिसीको कुर्सीमा जुत्ताको माला कस्ले लगायो ? नेबिसंघले ।
त्रिवि कार्यकारी परिषद्को बैठकबाट बैठक पुस्तिका र कागजात कस्ले लुट्यो ? नेबिसंघले ।
त्रिविले आयोजना गरेको पत्रकार सम्मेलनमा ढुङ्गामुढा कस्ले गर्‍यो ? नेबिसंघले ।
नेबिसंघ कुन पार्टीको संगठन हो ? नेपाली कांग्रेसको ।
आज सरकारको नेतृत्वमा को छ ? शेरबहादुर देउवा ।
शेरबहादुर देउवा के हुन ? कांग्रेसका सभापति ।
पञ्चायतकालमा सत्ताको आडमा यस्तो कुकृत्य गर्नेलाई के भनिन्थ्यो ? मन्डले/ भिजिलान्ते ।
के यि घटन प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी छैन ?
त्रिविलाई बर्बादी हुनबाट जोगाऔ।
उपकुलपति धर्मकान्त बाँस्कोटाजी कडा स्टेप चाल्नुहोस ।
त्यहि कारण पद जान्छ भने जावस, पर्वा नलिनुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर