आन्दोलन स्थगित गरेर सरकारसँग वार्ता गर्ने विद्यालय कर्मचारी परिषदको निर्णय – Nepal Press

आन्दोलन स्थगित गरेर सरकारसँग वार्ता गर्ने विद्यालय कर्मचारी परिषदको निर्णय

रूपन्देही । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आइतबार वार्तामा बोलाएसँगै विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर वार्तामा सहभागी हुने निर्णय गरेको छ ।

परिषद् केन्द्रीय समितिको बैठकले आफ्ना मागका विषयमा वार्ता गर्न सरकारले आधिकारिक पत्र पठाएर आह्वान गरेकाले तत्काल विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर वार्तामा सहभागी हुने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार मागप्रति ध्यानाकर्षण भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा बस्न विद्यालयका कर्मचारीलाई आह्वान गरेको थियो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले तत्काल विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर सरकारसँग वार्ता गर्ने निर्णय भएको जानकारी दिएका छन् । यो विषयमा सबै सामुदायिक विद्यालयलाई सूचना गरिऐको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *