स्रोत नखुलेको साढे २४ लाखसहित रुपन्देहीमा एकजना पक्राउ
नेपाल प्रेस
२०७९ भदौ १४ गते ६:५५
रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका-१ बाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका-८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।
उनले बोकेको कालो रङ्गको झोलामा २४ लाख ५० हजार रकम भेटिएको र कारबाहीका लागि हिजो भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर