पल शाहको मुद्दाको पेसी आज
नेपाल प्रेस
२०७९ भदौ १४ गते १०:३८
पोखरा । अभिनेता पल शाहको मुद्दाको पेसी आज तोकिएको छ ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेसी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।
अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी छ भने नवलपुर अदालतले २१ भदौका लागि पेसी तोकेको छ ।
उनका अनुसार मुद्दा फैसालाको अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनुपर्ने दुईमध्ये एक फैसला आउनेछ ।
गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर