बौद्धमा ग्यास विस्फोटमा घाइते परिवारलाई एमालेको आर्थिक सहयोग
पीडितलाई नेकपा एमाले भोटेकोसी पार्टी कमिटीकाे आर्थिक सहयाेग
२०७९ भदौ १४ गते १५:१८
काठमाडौं । बौद्ध नयाँ बस्तीस्थित एक घरमा ग्यास बिस्फोट हुँदा ९ जना घाइते भएका छन् ।
जसमध्ये एक जना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमध्ये ५ जना एकै परिवारका सदस्य हुन् । हाल उनीहरुको साखुस्थित सुस्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनामा परी घाइते भएका पीडितहरुलाई नेकपा एमाले भोटेकोसी पार्टी कमिटीले आर्थिक सहयोगसमेत गरेको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अरुण नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निम फिन्जो शेर्पालगायतको टिमले पीडितलाई राहत स्वरुप १ लाख ४१ हजार ३५ रुपैयाँ सहयोग गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर