गगनलाई कास्की-१ बाट उम्मेदवार बनाउन प्रस्ताव – Nepal Press

गगनलाई कास्की-१ बाट उम्मेदवार बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कास्की- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन त्यहाँका नेता कार्यकर्ताले पहल थालेका छन् ।

क्षेत्रीय समिति बैठकमा थापालाई उम्मेदवारको प्रस्तावसहित कास्की कांग्रेसका सचिव भानु ढकाल निवेदन दर्ता गरेका हुन् । समितिले उम्मेदवार बन्न चाहनेलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न भनेको थियो ।

थापा भावी प्रधानमन्त्रीका रूपमा नेपाली जनताका आशा र भरोसाका केन्द्र रहेको भन्दै कास्की १ बाट उठाउन खोजिएको ढकालले बताए । महामन्त्री थापा ७४ को चुनावमा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

यस निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारतर्फ १६ जना इच्छुक देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर