गगनको प्रष्टिकरण : काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्छु – Nepal Press

गगनको प्रष्टिकरण : काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा आफू काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्ने स्पष्ट पारेका छन् ।

आज कास्की क्षेत्र नं. १ बाट थापाले निर्वाचन लड्ने विषय आएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो स्पष्ट पारेका हुन् ।

थापाले कास्की क्षेज्ञ नं. १ मा पार्टीका साथीहरुले स्नेहपूर्वक आफ्नो उम्मेदवारीका लागि राखेको चाहनाले आफ्नो नाम आएको धन्यवाद दिँदै आफू काठमाडौंबाटै उठ्ने प्रष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘मैले काठमाडौँ निर्वाचन क्षेत्र नं.४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर