फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी – Nepal Press

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’

उनले यो स्टाटस राखेको केही बेरमा गालीको ओइरो लागेपछि उनले अर्को स्टाटस राखेका छन् । उनले अर्को स्टाटसमा विरोध गर्न पाइन्छ भन्द्रै आफनै स्टाटसको बचाउ गरेका छन् ।

उनले लेखेका छन्,’ विरोध गर्न लोकतन्त्रमा पाइन्छ । तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन । पत्ता लगाएर जेल हाल्न नपरोस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *