सुदूरपश्चिमका एमाले सांसदसहितका नेता नागरिक उन्मुक्ति प्रवेश, रेशमपत्नीले गरिन् स्वागत (सूचीसहित)
कैलाली। नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका सांसद रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् ।
रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापासहित पूर्व संघीय सांसद हिमान्चलराज भट्टराई, निवर्तमान सांसद कैया चौधरी पनि नागरिक उन्मुक्तिमा आए ।
थापा स्थानीय चुनावमा अन्तर्रघात गरेको आरोपमा जिल्ला अध्यक्षबाट हटाइएका थिए ।
सँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का केही नेता पनि नागरिक उन्मुक्तिमा प्रवेश गरे ।
उनीहरूलाई रेशम चौधरीकी पत्नी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी छन् ।
हेर्नुस् नागरिक उन्मुक्तिमा प्रवेश गरेकाहरूको सूची-