रौतहट- २ मा कांग्रेसबाट अफताब आलमको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत – Nepal Press

रौतहट- २ मा कांग्रेसबाट अफताब आलमको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत

काठमाडौं । जिउँदै व्यक्तिहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।

आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

उनी हाल पुर्पपक्षका लागि नख्खु कारागारमा छन् । आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी चढ्दै स्थगित हुँदै आएको छ । आलमका छोरा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा राजापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

2 thoughts on “रौतहट- २ मा कांग्रेसबाट अफताब आलमको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत

  1. कांग्रेस अपराधिहरूको पार्टि जस्तो भेन र अपराधिलाइ उम्मेद्वार सिफारिस गरेर

  2. ल ठिक छ अब गठबन्धन ले प्रधानमन्त्री घोषणा गरेरै अगाडि बढाउ तिमेरु कै छ मोज तेरीमा आतंककारी जथ्था हो 😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर