सक्किगोनीका ‘सिते बा’ पनि चुनाव लड्दै, काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा – Nepal Press

सक्किगोनीका ‘सिते बा’ पनि चुनाव लड्दै, काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । हास्य कलाकार मधुसुदन पाठक उर्फ सिते बा प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले काठमाडौंको क्षेत्र नम्बर ५ बाट लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न आँटेका हुन् ।

ललितपुरमा आज आयोजना भएको स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा मधुसुदन पनि उपस्थित थिए ।

सक्किगोनीका अर्का कलाकार कुमार कट्टेल जिग्रीले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिने चर्चा छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट लड्ने तयारी गरिरहेको समाचारहरु आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर