प्रतिनिधिसभाका लागि कांग्रेस महामन्त्री र प्रवक्ता सर्वसम्मत सिफारिस – Nepal Press

प्रतिनिधिसभाका लागि कांग्रेस महामन्त्री र प्रवक्ता सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रवक्ता डा. प्रकाशशरण महत आ-आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

शर्मा झापा क्षेत्र नम्बर १ बाट सिफारिस भएका हुन् भने महत काठमाडौं क्षेत्र नम्बर ५ बाट सिफारिस भएका हुन् । शर्माको नाम एकल सिफारिस भएको छ । महतको क्षेत्रमा वैकल्पिक उम्मेदवारका रूपमा क्षेत्रीय सभापति श्याम खड्काको नाम पनि सिफारिस भएको छ ।

सोही क्षेत्रबाट उम्मेदवार बन्न इच्छुक भएका नेपाल बारका पूर्वसभापति प्रेमबहादुर खड्का, दामोदर खड्का, रमेश खड्काको नाम पनि आकांक्षीका रूपमा सिफारिस गरिएको क्षेत्रीय सभापति खड्काले बताए ।

शर्मा झापा १ बाट दुईपटक पराजित भइसकेका छन् । यसपटक उनको तेस्रो प्रयास हुनेछ । त्यस्तै महत २०७४ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित भएका थिए ।


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभाका लागि कांग्रेस महामन्त्री र प्रवक्ता सर्वसम्मत सिफारिस

  1. यस पल्ट भने ईश्वर पोखरेल हावा खाने निश्चित छ, साथै झापा ऱ्क्षेत्र नं १ ले पनि परिवर्तन खोजेको छ! विश्वप्रकाश शर्माले परिवर्तनकारीको नसा नसा छामी सकेको हुनाले त्यहां पनि शर्मा को जित पक्का छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर