एमालेले आत्मसमीक्षा नगरेसम्म चुनावमा सहकार्य हुँदैन: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बाेल्दै आगामी निर्वाचनमा एमालेसँग सहकार्य नहुने बताएका हुन् ।
उनले एमालेले विगतका काम कारबाहीहरुको आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले भने,‘एमालेसँग कतै सहकार्य हुने सम्भावना देखिएको छैन । विगतका कामकारबाहीहरुको आत्मसमिक्षा नभई विघटन प्रतिगमनको कुरा स्पष्ट नभएसम्म त्यो सम्भावना देखा पर्दैन ।’
प्रचण्डले गठबन्धनको बाँकी काम आजदेखि गर्ने र भोलिसम्म सीट बाँडफाटँ टुंग्याउने बताए ।
उनले थपे,‘संख्या मात्र टुंग्याउने भन्दा पनि कुन कुन क्षेत्र कुन कुन प्रदेश पाउने भनेर एकैचोटी टुंग्याउनको लागि हामीले हिजो रातिसम्म तयारी गरेका छौं । भोलिसम्म सकिन्छ । गठबन्धनभित्र कुनै असहमति छैन । यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने छलफल केन्द्रित छ । संघमा टिकट मिलेन भने प्रदेशमा भोट ट्रान्सफर हुने वातावरण बनाउँदैछौं । सन्तुलन मिलाएर जाने हो ।’
माओवादीले एक्लै जित्ने ठाउँमा पनि अरु पार्टीलाई समायोजन गरेर लैजाने उनले बताए ।
भारतीय दलालहरूलाई एमालेले कहिल्यै भित्र्याउने छैन अब। आश नगरे हुन्छ। कथित महान दलाल नेताभन्दा एउटा सामान्य पालिकास्तरको इमान्नदार नेता महान हुन्छ। ति पालिकास्तरका नेता संरक्षण गरौं। दलालहरूलाई लखेटौं । एमालेले टिकट बाँड्दा पनि निरन्तर पार्टीमा लागेकालाई दिनुपर्छ। पछि आएकालाई उनीहरूको निष्ठा हेरेर मात्र दिनुपर्छ केहि समय पछि।