चलचित्र निर्माता रोज राणा प्युठानबाट कांग्रेस उम्मेदवारमा सिफारिस – Nepal Press

चलचित्र निर्माता रोज राणा प्युठानबाट कांग्रेस उम्मेदवारमा सिफारिस

काठमाडौं । चलचित्र निर्माता एवं नेपाली कांग्रेसका युवा नेता रोज राणा प्युठानबाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका युवा व्यवसायी राणाको नाम पहिलो नम्बरमा राखेर क्षेत्रीय समितिले जिल्लामा सिफारिस गरेको हो ।

प्रदेशसभातर्फ (ख) क्षेत्रका लागि राणासहित मेनका घिमिरे र शालिकराम पण्डितको पनि नाम सिफारिस भएको छ । बिहीबार बसेको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ सभापति राणासहितको नाम सिफारिस गरेको थियो ।

गठबन्धनबाट प्युठानमा प्रतिनिधिसभाको सीट राष्ट्रिय जनमोर्चाको मापदण्डमा पर्छ । वामदेव गौतमले पनि सोही क्षेत्रमा दाबी गरेका छन् । प्रदेशसभातर्फ कांग्रेसले पाउने (ख) क्षेत्र मानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *