मकवानपुर- २ मा कांग्रेस सहमहामन्त्री डिनाको नाम सिफारिस, प्रदेशमा को-को ?
नेपाल प्रेस
२०७९ भदौ १७ गते १२:४७
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ लाई सर्वसम्मत सिफारिस गरिएको छ ।
क्षेत्रीय कमिटीको बैठकले समानुपातिकतर्फ हाल वागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा तथा महिला नेतृ उमा दाहालको नाम सिफारिस गरेको छ ।
प्रदेश २ को (ख) मा नेपाली कांग्रेस वागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँसहित मकवानपुर सभापति बुद्ध लामा, शंकर न्यौपाने तथा इश्वर पाठक सिफारिस भएका छन् ।
समानुपातिक तर्फ १९ जनाको नाम पठाइएको क्षेत्रीय सभापति रञ्जन कालाखेतीले बताए ।
प्रतिक्रिया