एमालेका यी नेताको टिकट ‘फिक्स’ !- प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत सिफारिस – Nepal Press

एमालेका यी नेताको टिकट ‘फिक्स’ !- प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा एमालेले भदौ २२ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न मातहत कमिटीलाई दिएको निर्देशनअनुसार ७ निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस भएका छन् ।

एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनिएकोमा ७ जना नेता सर्वसम्मत रुपमा सिफारिस भएका हुन् । जसको नाम एकल रुपमा सिफारिस भएको छ । आमरुपमा सो क्षेत्रबाट पार्टीले सोही व्यक्तिलाई टिकट दिनेछ ।

क्षेत्रीय कमिटीले गरेको सिफारिसमा जिल्लाले आफ्नो रायसहित प्रदेश कमिटीलाई पठाउने र प्रदेशले रायसहित केन्द्रमा पठाउने सर्कुलर एमालेको छ । क्षेत्रबाटै एक जनाको मात्र नाम सिफारिस भएको अवस्थामा विवाद भएकोबाहेक जिल्ला र प्रदेशले अर्को नाम नथप्ने एमाले स्रोतले जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तल्ला कमिटीबाट आएका सिफारिस अन्तिम नहुने र केन्द्रले आवश्यकताअनुसार हेरफेर गर्न सक्ने बताए । तर, आमरुपमा सर्वसम्मत भएका नामको हकमा पार्टीमा विवाद नभएको अवस्थामा भने सोही कायम हुने उनको भनाइ छ ।

एमालेका अधिकांश क्षेत्रीय र जिल्ला कमिटीको बैठक शनिबार र आइतबार बस्दैछ । त्यसैले हालसम्म सर्वसम्मत भएका ७ वटा क्षेत्रको मात्र अनौपचारिक रिपोर्ट आएको एमालेले जनाएको छ ।

एकल नाम सिफारिस भएका ७ मध्ये ४ वटा काठमाडौंकै छन् ।

यी हुन् सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले नेताहरुः

१) राजकुमार गुप्ता – पर्सा ३

२) मणिराम फुयाल – काठमाडौं २

३) कृष्ण राई – काठमाडौं ३

४) डा. राजन भट्टराई – काठमाडौं ४

५) ईश्वर पोखरेल – काठमाडौं ५

६) राजेश शाक्य – काठमाडौं ८

७) दामोदर भण्डारी – बैतडी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर