नेकपा एस सर्लाहीको कमिटी एमालेमा समाहित, अध्यक्षबाहेक सबै पदाधिकारी फर्किए
जनकपुरधाम । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेतासहितका कार्यकर्ता एमालेमा फर्किएका छन् ।
नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा आएका हुन् । सर्लाहीको मलंगवास्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूले एमालेमा फर्केको घोषणा गरेका छन् ।
उनीहूलाई पूर्वसांसद हरि उप्रेतीले स्वागत गरेका थिए । उप्रेतीकै पहलमा उनीहरू एमालेमा फर्केको बताइएको छ । जिल्ला कमिटीका २५ जनासँगै करिब ५ सय कार्यकर्ता प्रवेश गरेको नेकपा एमालेले बताएको छ ।
खुशीको खबर। यो देश एमाले र ओलि बाहेक अरूले बनाउदै बनाउदैनन् । लेखेर राख्नुहोस्। अरू भनेका हाट्ट हुट्ट पार्ने खाने मात्र हुन्। यिनलाई न देशको चिन्ता न जनताको चिन्ता।