काठमाडौं-३ अन्तर्गत एमालेका दुवै प्रदेशसभा उम्मेदवार सर्वसम्मत – Nepal Press

काठमाडौं-३ अन्तर्गत एमालेका दुवै प्रदेशसभा उम्मेदवार सर्वसम्मत

काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका दुवैजना उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेशसभा क्षेत्रीय कमिटी बैठकले क्षेत्र नम्बर ३ (१) मा चन्द्रमान लामा र २ मा रामेश्वर फुयालको एकल नाम सिफारिस गरेको हो ।

लामा बौद्ध क्षेत्रका युवा नेता हुन् भने फुयाल वागमती प्रदेश सरकारका पूर्वमन्त्री हुन् । उनी २०७४ मा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्य थिए ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट एमालेले प्रतिनिधिसभामा कृष्ण राईको एकल नाम सिफारिस गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर