सार्वजनिक ठाउँमा जाँडरक्सी खाने, तासजुवा खेल्ने र हेर्नेलाई वडा कार्यालयको यस्तो कारबाही – Nepal Press

सार्वजनिक ठाउँमा जाँडरक्सी खाने, तासजुवा खेल्ने र हेर्नेलाई वडा कार्यालयको यस्तो कारबाही

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ भैरवस्थानमा जथाभावीरुपमा सार्वजनिक स्थानमा जाँडरक्सी सेवन र जुवातास खेलाएमा, खेलेमा र खेल्ने ठाउँमा कुनैपनि व्यक्ति भेटिएमा कारबाही गर्ने निर्णय गरेको छ ।

वडा अध्यक्ष काशीराम बुढाले एक सूचना जारी गर्दै त्यस्ता गतिविधि गरेमा निम्नबमोजिम कारवाही गरिने जनाएका छन् ।

१. प्रथम पटक अवैध मदिरा बिक्री गरेको भेटिएमा रु ६००० दोस्रो पटकमा रु ८००० र क्रमश रु १००० का दरले थप जरिवाना गरिने छ ।

२. सेवन गरेको भेटिएमा प्रथम पटक रु २००० दोस्रो पटक रु २५०० क्रमश रु ५०० को दरमा थप जरिवाना गरिने छ ।

३. जुवातास खेलाउनेलाई प्रथम पटक रु ५००० दोस्रो पटक रु ७००० र क्रमश २००० का दरले थप जरिवाना गरिने छ ।

४. जुवातास खेल्नेलाई प्रथम पटक रु २५०० दोस्रो पटक रु ३००० र क्रमश रु ५०० को दरले थप जरिवाना गरिने छ ।

५. जुवातास खेल्ने ठाउँमा बस्ने वा हेर्ने लाई प्रथम पटक रु ५०० दोस्रो पटक रु १००० र क्रमश थप ५०० का दरले जरिवाना हुनेछ ।

नियम विपरीत उल्लेखित कार्य गरेमा कारबाही गरिने वडा अध्यक्ष बुढाले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर