गौरा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ: राष्ट्रपति भण्डारी – Nepal Press

गौरा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚विश्वापस र सद्भोवलाई प्रगाढ बनाउने बताएकी छन् ।

गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले विविध जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।

गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚विवाहिता महिलाहरू माइत जाने‚गहुँ‚केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाटबनेको ‘बिरुडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚धमारी र ढुस्को खेल्दैरमाइलो गर्ने प्रचलन रहेको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वासस‚विभेद‚ विकृति एवं विसंगतिहरूलाई अन्त्य गरीसभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वतीअर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर