विप्लवको पार्टीबाट एक दर्जन नेता कांग्रेस प्रवेश – Nepal Press

विप्लवको पार्टीबाट एक दर्जन नेता कांग्रेस प्रवेश

काठमाडौं । नेकपा विप्लव समुहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कंञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कंञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियार लगायत नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर