मकवानपुरका दुवै क्षेत्रमा एमाले उम्मेदवार सिफारिस, को-को परे ?
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
शनिबार हेटौँडामा भएको क्षेत्र नंबर १ क्षेत्रीय समन्वय कमिटिको बैठकले वर्तमान सांसद कृष्ण प्रसाद दाहाल सहित ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन दाहाल तथा एमाले जिल्ला नेताहरु नरहरि महत तथा रमिला सापकोटाको नाम सिफारिस गरेको हो ।
एमाले मकवानपुरबाट क्षेत्र नंबर २ को लागि तीन जनाको नाम सिफारिस नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मकवानपुरको क्षेत्र नंबर २ बाट प्रतिनिधिसभाको लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
शनिबार हेटौँडामा भएको क्षेत्र नं. २ क्षेत्रीय समन्वय कमिटिको बैठकले नेकपा एमालेका वागमती प्रदेश उप–सचिव महेश कुमार बर्तौला, वागमती प्रदेश सदस्य शुभासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरको नाम सिफारिस गरेको हो ।