माधव नेपाल भन्छन्- गठबन्धनमा सहमति नभए नेकपा एस एक्लै चुनाव लड्छ – Nepal Press

माधव नेपाल भन्छन्- गठबन्धनमा सहमति नभए नेकपा एस एक्लै चुनाव लड्छ

२३ सीटे कांग्रेसले हैसियतभन्दा बढी माग्यो, ७० माथि दिन सकिन्नँ : नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँटमा गठबन्धनभित्र नेपाली कांग्रेसले हैसियतभन्दा बढी दाबी गरेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसमा अहंकार देखिएकाले सीट बाँडफाँट टुंगो नलागेको बताए ।

नेपालले भने- कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सीट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छ । हामीले पनि उनीहरुलाई भनेका छौं, हैसियतभन्दा बढी माग्न काम नगर ।

२०७४ सालमा २३ सीट जितेको कांग्रेसले आफ्नो हैसियत भुलेर तीन सीट दाबी गरेको नेपालको गुनासो छ । उनले कांग्रेसलाई २३ को तीन गुणा अर्थात ६९ सीटसम्म दिन सकिने बताए ।

नेपालले भने- २३ को तीन गुणा ६९ सीटसम्म दिन सकिन्छ । त्यसमा एउटा सीट थपेर ७० दिउँला भन्दैछौं । तर उनीहरु सय चाहियो भनेर बसेका छन्, त्यसैले मिलाउन गाह्रो छ ।

नेता नेपालले गठबन्धनमा सहमति भएन भने नेकपा एस एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै समानुपातिकमा २० लाख मत नघाउने दाबी समेत गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर