एक दिवसीय दोस्रो खेलमा केन्याविरुद्ध नेपाल १६ रनले विजयी
नेपाल प्रेस
२०७९ भदौ १८ गते १९:३७
काठमाडौं । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो खेलमा नेपाल १६ रनले विजयी बनेको छ ।
नैरबीस्थित जिमखाना रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो ।
केन्याले भने ४६.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको थियो । लगातार दोस्रो जितसँगै नेपालले एक दिनअघि नै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर