आगामी चुनाव राष्ट्रवादी र राष्ट्रघातीबीचको फैसला गर्ने जनमत संग्रह हो : प्रदीप ज्ञवाली – Nepal Press

आगामी चुनाव राष्ट्रवादी र राष्ट्रघातीबीचको फैसला गर्ने जनमत संग्रह हो : प्रदीप ज्ञवाली

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आसन्न संघीय एवम् प्रदेश सभाको निर्वाचन राष्ट्रवादी र राष्ट्रघातीहरुका बीचको फैसला गर्ने जनमत सङ्ग्रह भएको बताए । नेकपा एमाले पाल्पाको पालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा शनिबार तानसेनमा उनले यस्तो बताए ।

नेपाली जनताहरुले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार बनाउन बहुमतको सरकार बनाउन सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउनु पर्नेमा उनले जोड दिए ।

पोलिटब्यूरो सदस्य ठाकुर गैरेले नेकपा एमालेको जितले नै नेपालीहरुको सुन्दर भविष्य सम्भव हुने बताउँदै एमालेलाई मंसिर ४ मा हुने निर्वाचनमा सरकारको जिम्मेवारी दिने गरि सबै नेता, कार्यकर्ता र पार्टी समर्थकहरु लाग्नुपर्ने बताए । एमालेको विजयले पाल्पालाई विकासको रोलमोडल बनाउन सकिने उनले बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य देवी बस्याल, जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे, जिल्ला सचिव रामजी पोखरेल, जिल्ला सदस्यहरु राजकुमार पन्थी, गुराँस आत्रेय, हरि पाठकले एमालेको जीत नै नेपाल र नेपालीको हित हुने बताए ।

प्रशिक्षण कार्यक्रममा तानसेन नगरकमिटी, बगनाशकाली गाउँकमिटी र मागागढी वडा नं. १ का कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर